पैसा नभएर स्कुल छोड्न लागेकी बालिकालाई पत्रकार पौडेलको सहयोग

पोखरा, भदौ ७ ।
वर्थडे धुमधामका साथ मनाउने प्रवृत्ति पछिल्लो समय नेपालीहरुमा वढ्दो छ । वालवालिका, युवा वा प्रौढ जो सुकैले पनि जन्मदिन खर्च गरेर धुमधामका साथ मनाउने गर्दछन् । थुप्रै पैसा खर्च गरेर जन्म दिनको अवसरमा आफन्त तथा साथीभाईलाई पार्टी दिने र रमाईलो गर्ने संस्कृति वढ्दो छ ।

तर पोखराका युवा पत्रकार तथा गण्डकी प्रदेश पत्रकार महासंघका अध्यक्ष त्रिभुवन पौडेलले भने आफ्नो जन्म दिनमा सहनिय काम गरेका छन् । वर्थेमा हुने खर्च उनले म्याग्दीका एक वालिकाको शिक्षामा खर्चेका छन् । आर्थिक अभावमा पढाई छोड्न वाध्य वनेको समाचार प्रकाशित भएपछि पौडेलले वालिकालाई आर्थिक सहयोग गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कारणले पढ्ने खर्च जुटाउन नसकेकोले विद्यालयवाट निकालिदिन प्रधानाध्यापकलाई पत्र लेख्ने बेनी नगरपालिका–६फोओठेकी १२ बर्षिया वालिका पुजा खत्रीलाई पौडेलले २१ हजार आर्थिक सहयोग गरेका हुन् । कापी कलम र विद्यालय पोशाक किन्न नसक्ने व्यहोराको मार्मिक पत्र प्रअलाई लेखेकी पुजालाई पौडेलले उनको शिक्षामा सहयोग पुर्याउन सहयोग गरेको वताए ।

‘आज उनको वारेमा समाचार सुन्ने वित्तिकै भावुक वनेँ।’ पौडेलले भने,‘गरिविका कारणले पढाई छाड्न वाध्य वनेकी वालिकालाई सहयोग गर्न अवसर मिल्यो। उनको शिक्षादिक्षामा सहयोग पुग्ने ठानेर थोरै भएपनि सहयोग गर्न मन लाग्यो ।’