पेनगन र लागूऔषध सहित पोखराबाट पक्राउ परे सागर

पोखरा, साउन १ ।
पेनगन सहित कास्की प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पोखरा मासबारबाट सागर रानाबाटलाई पेनगन सहित पक्राउ गरिएको हो । उनको साथबाट १० वटा पासपोर्ट र सातवटा नागरिकता पनि बरामद गरिएको छ ।

यस्तै, फेनगरागन ६० थान, बुप्रिनर्फिन ६०, डाईजापाम ६० र नाइट्रोसन १५ चक्की बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । कास्कीकोट घर भएका उनी यसअघि पनि लागू औषध मुद्धामा सजाएँ पाएर छुटेका हुन् । उनको साथमा रहेको पेनगन र ७ वटा बुलेट बरामद गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

’पेनगन’ नजिकको दूरीबाट मान्छे मार्न प्रयोग गरिन्छ । यसअघि ०६८ साल असारमा ’पेनगन’सहित काठमाडौंबाट दुईजना युवा पक्राउ परेका थिए । संघीय राजधानी काठमाण्डौपछि पेनगन फेला परेको यो दोश्रो पटक हो । मुलुकमै दोश्रोपटक फेला परेको पेनगन नेपालमा नबन्ने र भारतीय नक्सलवादीहरुले प्रयोग गर्दै आएको प्रहरी अधिकारीले बताएका छन् ।