पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो (कति पुग्यो भाउ ?)

काठमाण्डौं, असोज २ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । सोमबार रातीदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलमा ३–३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

मूल्यबृद्धि भएसँगै अब पेट्रोल एक लिटर किन्न ११४ रुपैयाँ खर्चिनु पर्ने भएको छ भने डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।

खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

यसअघि गत भदौ २० मा निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो । भारतीय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेकाले नेपालमा पनि बढेको निगमको भनाई छ ।