पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, माघ ४ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध भइरहेका बेला बुधबार फेरि मूल्य बढाइएको छ । पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । परिवर्तित मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नयाँ मूल्य बुधबार राती १२ बजे बाट कार्यान्वयनमा आउने बताए । स्वचालित मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको हो । दुई साताअघि मूल्यवृद्धिको विरोधमा एमाले र माओवादी निकट भ्रातृ संगठनले विरोध गरेका थिए । ग्याँस र हवाई इन्धनको मूल्य भने बढाइएको छैन ।