पृथ्वी समितिको दुई चरित्र–सडकमा आन्दोलन, प्रालि दर्ता गर्न नाम रिजर्भ !

पोखरा, भदौ २७ ।
सरकारले यातायात क्षेत्रमा सिण्डीकेट बढेको भन्दै संस्था ऐन २०३४ अन्तरगत दर्ता भएको सबै यातायात ब्यवसायी समितिहरु खारेज ग¥यो । सबै यातायात समितिलाई सरकारले कम्पनी रजिष्टरको कार्यालय गई प्रालीमा दर्ता हुन आग्रह समेत गरेको छ । देशकै ठुलो मध्येको पृथ्वी राजमार्ग बस सञ्चालक समितिलेले पनि प्रालीमा जानको लागि कम्पनी रजिष्टरको कार्यालयमा नाम रिजर्भ गरिसकेको छ ।

‘हामीले पनि हाम्रो नाम कम्पनी रजिष्टरको कार्यालयमा रिजर्भ गरिसकेका छौँ’ समितिका महासचिब योगेन्द्र केसीले भने ‘हामीले सरकारले भने अनुसार गर्दागर्दै पनि यातायात ब्यवसायी चाहीँ लुटेरा नै हुन भन्ने सम्झेर असहयोग गरेकोले समस्या भएको हो ।’

यातायात ब्यवसायीहरुको चित्त दुखाई संस्था ऐन २०३४ अन्तरगतका अन्य संस्था रहने तर, यातायात ब्यवसायी समिति नरहने विषयमा पनि छ । ‘हामी संस्था ऐन अन्तरगत विधिवत दर्ता भएर सयौँलाई रोजगार र हजारौँ, लाखौँलाई सेवा दिँदैआइरहेका छौँ’ उनले भने ‘त्यही ऐनमा दर्ता भएका अरु संस्था रहने । हाम्रो नरहने ?’

यातायात ब्यवसायीलाई अर्काे समस्या सरकारले उनीहरुको सम्पत्ती राष्ट्रियकरण गर्ने विषयले पारेको छ । सरकारले साउन महिना भित्र कम्पनी ऐन दर्ता नभए समितिमा आवद्ध सवारी, समितिको सम्पति राष्ट्रियकरण गर्ने बताएपनि ब्यवसायीको दबाब पछि पुष महिना सम्मको लागि सारिएको छ ।

‘हाम्रो माग भनेको कतिपय ब्यवसायीको सवारी बैंक तथा वित्तिय संस्थाको लोनमा छ’ उनले भने ‘यो प्रक्रिया मिलाएर, अहिले भएको सम्पत्ती कम्पनीकै नाममा हुने ब्यवस्था हुनुप¥यो । प्रालीमा कम्तीमा पनि करारमा १०० वटा सम्म बस सञ्चालन गर्ने अनुमति सरकारले दिनुप¥यो ।’ सरकारले उक्त मागहरु पुरा नगरे भदौ पछि गाडीहरु थन्क्याएर आन्दोलनमा होमिने तयारीमा पृथ्वी राजमार्ग बस सञ्चालक समिति पुगेको महासचिब केसीले जानकारी दिए ।

‘हाम्रा केही मागहरु प्नि पुरा हुनुपर्छ’ उनले भने ‘यातायात क्षेत्रमा विदेशी लगानी भित्राउने, नेपालीलाई निकाल्ने यो प्रवृत्तिले यूवाहरुलाई बेरोजगारीको बाटो सृजना गर्ने पक्का छ । नभए भदौ पछि गाडी थन्क्याउछौँ । रोजगार देउ भनेर हामी सबै ब्यवसायीहरु सिडियो कार्यालयमा गएर धर्ना बस्छौँ ।’ उनले पृथ्वी यातायातले ४ सय जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएको बताए ।