पृथ्वी जयन्तीको विदा विवादित

काठमाडौं, पुस २६ ।
पृथ्वीजयन्तीको अवसर सरकारले सार्वजनिक बिदा दिने निर्णय विवादमा परेको छ । नेपाल आदिवासी जनजाति महासंघले बिदा फिर्ता लिन माग गरेको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले बुधबार बिज्ञप्ती जारी गरी आम जनताको चाहनाविपरीत एकल जाती र धर्मलाई प्रश्रय दिन खोजेको आरोप लगाइएको छ ।
गणतान्त्रिक सरकारले राजाको जन्मजयन्तीमा बिदा दिनु गलत भएको महासंघको भनाई छ । सरकारले राष्ट्रिय एकताका प्रतिकका रुपमा सम्मान गरी पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसर बिदा दिने निर्णय गरेको हो । गत वर्ष पनि पुस २७ गते बिदा दिने÷नदिने विषय विवादमा परेको थियो । तर, सरकारले बिदा दिएको थिएन ।