पृथ्वीनारायण शाहको शालिक राख्न संघर्ष समिति

पोखरा, असोज ३० ।
पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक पुनःस्थापना गर्न माग गर्दै संयुक्त संघर्ष समिति गठन भएको छ । शंकर खरालको संयोजकत्वमा गठित पृथ्वीनारायण शाह शालिक पुनस्र्थापना संयुक्त संघर्ष समितिको सहसंयोजकमा रामप्रसाद वस्ताकोटी, पदमबहादुर कार्की, क्याप्टेन फमबहादुर शाही, गणेश बराईली, राजु परियार छन् ।
सचिवमा अशीलकुमार शाही छन् भने सदस्यमा शेर उच्चै ठकुरी, श्यामबहादुर श्रेष्ठ, गोविन्दबहादुर खाँण, रतन मल्ल, उत्तम जोशी, तीर्थप्रसाद अधिकारी, दया बराल, दिलनाथ अधिकारी, रामजीप्रसाद बराल, संगीता तिम्सिना र पार्वती पौड्याल छन् । चार सदस्यीय सल्लाहकारमा प्राडा दिलबहादुर क्षत्री, डा नारायण अधिकारी, प्राडा चन्द्रबहादुर थापा र नेत्रबहादुर सेन छन् ।
सुरुवातमा पृथ्वीनारायण शाहको शालिक रहेकोमा उक्त स्थानमा नेपालका प्रथम शहीद लखन थापाको शालिक राखिएको थियो । यसैक्रममा सवारी चापलाई ध्यान दिँदै आइल्याण्ड हटाउने क्रममा शालिकसमेत हटाइएकोमा पुनः उक्त स्थानमा थापाकै शालिक राख्ने गरी पोखरा लेखनाथ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र मगर संघको निर्णयले आफूहरु मर्माहत भएको भन्दै त्यस ठाउँमा शालिक राखिए पृथ्वीनारायण शाहकै शालिक राखिनुपर्ने माग संघर्ष समितिको छ ।