पृथ्वीचोकबाट पृथ्वीनारायण शाहलाई फालिएको दिन (फोटो फिचर)

पोखरा, पुस २७ ।
२००७ मे फस्र्टको दिन थियो । वाईसिएल क्याम्पबाट मजदुर दिवसको र्या्लि निस्किएको । मजदुरको हकबारे नारा उराल्दै सयौंको संख्यामा एकहुल वाईसिएलका नेता कार्यकर्ता पृथ्वीचोकमा भेला भए । एकछिन राजा विरोधी नारा घन्काए । केही नाराहरु सुन्न पनि लाज लाग्ने थियो । केहीबेरमै चोकको विचमा रहेको पृथ्वीनारायण शाहको शालिकतिर मान्छेको हुल बर्सियो । शालिकलाई घेरिएको फलामे बार भताभुंग पारियो । अनि १०–८ जनाचाहीँ घन र ईट्टा बोकेर शालिकको टुप्पोमा पुगे । सकेजति बल लगाएर शालिकको टाउकामा हिर्काइयो । मिनेट पनि वित्न नपाउँदै नयाँ नेपालका निर्माण पृथ्वीनाराण शाहको शालिक भुँईमा बजारियो । नारा घन्किरहेकै थियो । भेला भएका सबैजसोले शालिकका छाति, टाउको, गर्दन, खुट्टा सबैतिर लात्ति बर्साए । त्यसपछिका दिनमा पोखराको पृथ्वीचोकमा पृथ्वीको शालिक देखिएन । पृथ्वीचोकमा पसल गरिबस्ने पूराना ब्यापारीहरुले सुनाएका अनुभव हुन् यि ।

पृथ्बीनायारण शाहकै नामबाट परिचित पोखराको पृथ्वीचोकमा अहिले प्रथम सहिद लखन थापाको शालिक स्थापना गरिएको छ । सालिक पनि पोखरा लेखनाथ महानगरपालिकाले हटाएपछि विवाद उत्पन्न भई पुनः आफैले हटाएको सालिक राख्नेगरी महानगर पछि हटेको थियो र अहिले सानो आकारको शालिक त्यहाँ यथावत नै छ । त्यस ठाउँमा अझैपनि पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापना गर्नुपर्ने अधिकांशको माग छ । शाहकै नामबाट पोखरा काठमाडौं सडकमार्गलाई पृथ्बी राजमार्ग समेत नामाकरण गरिएको थियो । शालिक फेरेर नाम परिवर्तन गर्न खोजिएपनि हालसम्म सो चोक र वरपरको क्षेत्रलाई पृथ्बीचोककै रुपमा चिनिन्छ ।

नेपाल एकिकरणकर्ता पृथ्बीनारायण शाहको सम्झनामा मनाइदै आएको पृथ्बीजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर मनाइदैंछ । राष्ट्रनिर्माता पृथ्बीनारायण शाहको जन्मजयन्तीका अबसरमा २००७ सालदेखि पुस २७ का दिन दिवस मनाइदैं आएपनि २०६२÷०६३ को जनआन्दोलनपछि राजनीतिक परिवर्तनका नाममा दिवसनै खारेज गरिएको थियो । यो बर्ष पुन ः सरकारले यो दिवसमा सार्वजनिक विदा दिएको हो । दिवसको अबसरमा सामाजिक सञ्जालमा पृथ्बीनारायण शाह प्रतिको सम्मान प्रकट गर्दै शुभकामनाका शब्द र तस्विर पोष्ट गरिएका छन् ।
तस्विर सुदर्शन रञ्जित