पूर्व शिक्षामन्त्री धनिराम पौडेको निधन

काठमाण्डौं, जेठ ३१ ।
पूर्व शिक्षामन्त्री धनिराम पौडेको हृदयघातका कारण निधन भनएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य पौडेलको उनको चितवनको माडीस्थीत आफ्नै विनासमा शुक्रबार बिहान निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए ।

राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका पौडेल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए । उनको निधनपछि नेता तथा कार्यकर्ता निवासमा भेला भएका छन् ।