पूर्व राजा ज्ञानेन्द्र सोमबार पोखरा आउने, कहाँ बस्छन् ?

पोखरा, पुस १ ।
पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार पोखरा आउँदैछन् । पूर्वरानी कोमल शाहसंगै सोमबार ११ बजे उनी पोखरा एयरपोर्ट झर्ने कार्यक्रम छ । उनको कार्यक्रम तालिका भने गोप्य राखिएको छ ।

श्रोतका अनुसार दुई सातासम्म उनी पोखरामै बस्नेछन् । केही राजनीतिक कर्मीसँग भेटघाट र छलफल पछि नयाँ बर्ष मनाएर उनी काठमाण्डौं फर्कने कार्यक्रम रहेको बताईएको छ ।

विल्कुल निजी भ्रमणका लागि पोखरा आउन लागेका पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए । उनको भ्रमणको चाँजोपाँजो मिलाउन भिआईपी टोली पोखरा आईसकेको छ ।

आउजाउ गर्न गाडी समेत काठमाण्डौंबाटै ल्याईएको बताईएको छ । उनी दोविल्लामा भर्खरै बनेको रिसोर्ट माउटेन ग्लोरीमा बस्नेछन् ।