पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार विन्ध्यावासिनीमा पूजा गर्ने

पोखरा, पुस ६ ।
५ दिनदेखि पोखरामा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार विहान विन्ध्यावासिनी मन्दिरको पुजाआजा गर्ने भएका छन् । सवा ११ बजे विहानदेखि पुजा गर्ने कार्यक्रम रहेको बताईएको छ ।

पूजा सकिएपछि विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले उनलाई अभिनन्दन गर्ने कार्यक्रम पनि छ । पूर्व राजा शाहले त्यतिबेला जनतासँग पनि सडकबाटै भेटघाट गर्नेछन् । शाह सोमबार पोखरा आईपुगेका हुन् ।

उनी नयाँ बर्ष मनाएर मात्रै फर्किने बताईएको छ । निजी भ्रमणका लागि पोखरा आएका शाह दुईसाता बस्नेछन् । पूर्व राजपरिवारका थप सदस्यहरु केहीदिनपछि पोखरा आउँदैछन् । उनीहरु दोविल्ला स्थित माउण्ट ग्लोरी रिसोर्टमा बसिरहेका छन् ।