पूर्वप्रधानमन्त्री कीर्तिनिधी विष्टको निधन

काठमाण्डौं, कार्तिक २५ ।
पूर्वप्रधानमन्त्री कीर्ति्निधि विष्टको निधन भएको छ । ९१ वर्षीय विष्टको आफ्नै निवास नक्सालमा आज बिहान निधन भएको हो ।
०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए ।
पञ्चायतकालमा उनी तीन पटक प्रधानमन्त्री बनेका थिए । ०२५—२६, ०२८—३० र ०३४—३६ सालमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।
०३० सालमा सिंहदरबार आगलागी हुँदा विष्टले नैतिकताको कारण जनाउँदै पदबाट राजीनामा दिएका थिए ।