पुलिसलाई झुक्याएर प्रधानमन्त्रीको पुत्ला दोहन

पोखरा, जेठ २९ ।
पेट्रोलियम पदार्थको मूल्य बृद्घिको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार साँझ गोरखामा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । मूल्य बृद्घिको विरोधमा सोमबार राकेँ जुलुस निकालेको संघले मंगलबार प्रहरी छक्काउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।

प्रधानमन्त्रीको पुत्ला दहन गर्ने पूर्व निर्धा्रित कार्यक्रम सार्वजनिक भएपछि गोरखा सदरमुकामको चोक–चोकमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । बसपार्क, शक्ति चोक, हरमटारी लगायतको क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति भएपछि नेविसंघका कार्यकर्ताले शक्ति चोकमा पुत्ला दहन गरेका हुन् ।

नेविसंघका सहसचिव सुवास अधिकारी नेतृत्वका कार्यकर्ताले पुत्ला दहनसँगै ओली सरकार राजीनामा दे, मूल्य बृद्घि फिर्ता गर, कालाबजारी नियन्त्रण गर, खोक्रो राष्ट्रवाद चाहिँदैन जनता ढाँट्न पाइँदैन लगायतको नारा लगाउँदै बजार परिक्रमा गरेका हुन् । सरकारले चरणबद्घ रुपमा गरेको मूल्य बृद्घि फिर्ता नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने नेविसंघका मिलन सिं बस्नेतले बताए ।