पुलबाट खसेर १ जनाको मृत्यु

पोखरा, माघ ५ ।
तनहुँमा शुक्रबार पुलबाट खसेर १ जनाको मृत्यु भएको छ । व्यास नगरपालिका (५ स्थित मादिपुलबाट खसेर व्यास नगरपालिका (११ का ४३ वर्षिय कृष्ण बहादुर घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाको बगरमा खसेका घर्तिलाई उपचारको लागि जिल्ला अस्पताल दमौलि पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए । प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।