पुर्वराजाले पोखरामा नयाँ बर्ष मनाउने

पोखरा, मंसिर २६ ।
अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा आउने कार्यक्रम तय भएको छ ।

त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा आउँदैछन्

२ गते निजी सचिव सागर तिमल्सिना, निजी अंगरक्षक सशस्त्रका डीएसपी पोखरा आउने कार्यक्रम रहेको बताईएको छ ।

करिब दुई साताअघि पुर्वराजाका निजी सचिव तिमल्सिनासहितको टोलीले त्यहाँको सुरक्षा अवस्थाबारे र रेकी गरेर फर्केपछि पोखरा भ्रमणको मिति तय भएको हो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।