पिएन क्याम्पस रोडबाट लागु औषधसहित युवति पक्राउ

पोखरा, साउन १४ ।
पोखरा पिएन क्याम्पस रोडबाट लागुऔषध सहित १ युवती पक्राउ परेकी छन् । पोखरा महानगरपालिका–१ कसेरी घर भई क्याम्पस रोडमा डेरा गरि बस्ने २३ बर्षीया रेनु तामाङ ७१ थान लागुऔषध सहित पक्राउ परेकी प्रहरीले जनाएको छ ।

तामाङलाई आइतबार दिउसो नुरफिन २४ थान, फेनारगन २२ थान तथा डाईजेपाम २५ थान सहित उनकै कोठाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए । थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

तश्विर-सांकेतिक