पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त

पोखरा, जेठ २९ ।
पोखराको पिएन क्याम्पस नजिक नेविसंघ र प्रहरी बीच झडप भएको छ । मुल्य बृद्धीको विरोधमा नेविसंघले राँके जुलुस निकाल्दै गर्दा प्रहरीसँग झडप भएको हो ।

राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले बताए ।

झडपमा प्रहरी र विद्यार्थी दर्जभन्दा बढी घाईते छन् । अहिले ढुंगामुढा चलिरहेको छ । पिएन गेट यतिबेला तनावग्रस्त छ ।

तस्विर-बिजय नेपाली