पानीजहाज ल्याउन सप्तकोशीभन्दा नारायणी सजिलो, यस्तो छ तयारी

काठमाण्डौं, साउन २५ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रायः भाषणहरुमा नेपालसम्म पानीजहाज ल्याउने विषय बोल्न छुटाउँदैनन् । नेपाललाई पनि जलमार्गद्वारा जोड्न र समुन्द्रसम्मै पहुँच स्थापित गर्न भारतसँग द्वीदेशीय समझदारी भएपछि प्रधानमन्त्रीकै निर्देशनमा एक अध्ययन समिति बनिसकेको छ । एक चरणमा भारतीय जलमार्ग सम्वद्ध अधिकारीहरु नेपालमै आएर छलफल गरेर फर्किएका छन् ।

अध्ययन समितिका संयोजक तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेका अनुसार भारतसँग छलफल र परामर्श सुरु भए पनि अहिलेसम्म जलमार्गका लागि स्थलगतरुपमै अध्ययन भने थालिएको छैन । त्यसका लागि तयारीहरु भइरहेको उनको भनाइ छ ।

पूरा पढ्नुस