पहिलो चरणको मतगणना सुरु, बाकस खोल्दै

पोखरा, मंसिर २१ ।

गत मंसिर १० गते सम्पन्न पहिलो चरणको चुनावको मतगणना सुरु भएको छ । दोश्रो चरणको चुनाव बिथोलिने भन्दै रोकिएको मतगणना विहिबार साँझ ५ बजेदेखि सुरु भएको हो । सबै जिल्लामा सर्वदलिय बैठक बसेर बाकस खोल्ने काम भैरहेको हाम्रा जिल्ला स्थित सम्बाददाताहरुले जानकारी दिए ।
पहिलो चरणमा हिमाली ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो । ४ नम्बर प्रदेश अन्तर्गत गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ जिल्लामा पहिलो चरण अन्तर्गत मंसिर १० गते चुनाव भएको थियो ।

तस्विर-शान्ता कमली/लमङ