पहिरोमा मृत्यु भएकालाई राहत र बिकासको काममा सहयोग गर्न खतिवडा तयार

पोखरा २६ असार ।
युवा ब्यवशायी युवराज खतिवडाले केहि दिन देखि परिरहेको अविरल वर्षाका कारण वाढी तथा पहिरोले जनधनको क्षति तथा विपतमा परेकालाई सहयोग गर्ने भएका छन । लामो समयदेखी पोखरामा बजार विस्तार र निर्माण व्यवशायीको काम गर्दै आएका खतिवडाले वर्षा याममा आइपर्ने प्राकृतीक प्रकोपलाई मध्येनजर गरी त्यसबाट प्राकृतिक विपत्तिमा परि मृत्यु भएको परिवारलाई राहत र वाढी पहिरोबाट क्षती भएको बिकासको काममा सहयोग गर्ने भएका हुन ।

खतिवडाले कास्कीमा पहिरोमा परि मृत्यु भएको प्रति दुख प्रकट गर्दै पहिरोमा परि मृत्यु भएका परिवारलाई आफुले सकेको सहयोग गर्ने वताउदै पहिरोका कारण बिकास निर्माणका कामहरु जस्तै बाटो, पुल पुलेसा र पहिरोले अवरुद्ध भएका जस्तोसुकै बिकासका काममा आफुले केही दिन सहयोग गर्ने बताए । वाइ.यु.के. कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. अन्तर्गत रहेका बिकास निर्माणका सामाग्रीहरु केही दिन वाढी पहिरो प्रभावित क्षेत्रमा मजदुर सहित लगाउन आफु तयार रहेको वताउदै पहिरोका कारण कुनै ठाउमा समस्या भए तत्काल आफुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन । आफुले कोभिड १९ कोरोना भाइरसका कारण घरधनीले निकालेका १ सय परिवार मजदुरलाई समेत आश्रय दिइसकेको र उक्त मजदुरहरुलाई प्राकृतिक विपत्तीमा परेको र पहिरोका कारण रोकिएका बिकासका काममा लगाउने समेत खतिवडाले वताए ।

उक्त अभियान अन्तर्गत शुक्रबार पोखरा महानगरको वडा नम्बर ५ र १८ जोड्ने बांसटारी पिपलडाली सडक खण्डमा पहिरोबाट रोकिएको सडक समेत सुचारु गरिसकेको र अन्य वडाहरुमात्र नभइ कास्कीको जुनसुकै भेगमा आफुले मजदुर सहित निर्माण सम्बन्धी सम्पूर्ण सामाग्रीहरु लिएर जान आफु तयार रहेको खतिवडाको भनाइ रहेको छ । आफ्नो कम्पनी फाइदामा भन्दापनि सेवामा लागी परेको वताउदै खतिवडाले सरकारी संयत्रले विपत्तिको घडीमा सवै ठाउमा पुग्न नसक्ने वताउदै यस्तो विपतको समयमा जुनसुकै नागरिकले पनि आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने वताउदै आफु कोरोनाको कारण लकडाउनमा समस्यामा परेकालाई सहयोग गरेपछि यस्ता प्राकृतिक प्रकोपको विपत्तिमा परेकाहरुलाई पनि सहयोग गर्नुपर्छ भन्नेमा पुगेको खतिवडाले वताए ।