‘पहिचान अधिकारमा हुन्छ, नाममा होइन’
अस्मिता थापा मगर
प्रदेशको नाम आफ्नो जातिय पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले गरेको गण्डकी प्रदेश बन्दका कारण सर्वसाधारणदेखि मन्त्रीसम्मलाई असर ग¥यो । प्रहरी, प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी बाहेक कुनैपनि गाडी चल्न पाएनन् । यस्तो बेला बजार खुल्ने त कुरै भएन किनकी सर्वसाधारणमा बन्दको पूरानो त्रासदी बाँकी नै थियो ।
गाडी नै नचलेपछि स्कुल, क्याम्पस, बैंक खोलेर पनि काम भएन । केही निजी गाडीहरु हल्काफुल्का चलेपनि अधिकतम जनताको यात्रा गर्ने सार्वजनिक गाडीहरु ठप्प थिए । बन्दले जनतालाई तर असर गर्ने नै भयो, सोमबारको बन्दले मन्त्रीसमेत पीडित बन्नुप¥यो । गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेत पनि हिडेरै कार्यक्रमतर्फ जाँदै गरेको देखियो । यसको मतलव वहाँले पनि बन्दको मौन समर्थन गरेको मेरो बुझाई छ ।
बिहानदेखि नै गोरखामा सिमसिमे पानी परिरहेको थियो । सिमसिमे पानीको बेवास्ता गर्दै बन्दकर्ता सडकका चोकचोकमा तैनाथ थिए । प्रदेश सभाले साविक ४ नम्बर प्रदेशलाई गण्डकी नामाकरण गरेपछि जातीय संघ संस्थाहरू आन्दोलित छन् । उनीहरुको आन्दोलनमा बैकल्पिक राजनीतिक शक्ति भनिएको नयाँ शक्ति, सुरुदेखि नै पहिचानको मुद्धामा केन्द्रित संघीय समाजवादी फोरम र देशभक्त जनतान्त्रिक मोर्चा नेपालको पनि साथ र समर्थन थियो ।
समाजमा बिस्तारै रुढिबादी परम्परा र अन्धबिश्वास हराउँदै जान थालेको त छ तर त्यो भन्दा कयौँ गुणा घातक अर्को संस्कृतिले जरा गाडेको छ, त्यो हो बन्द संस्कृति । थोरै समयमा धेरै फस्टाएको यो संस्कृति राजनीतिदेखि काजनीतिसम्म नेतादेखि जनता सबैको प्रिय बनेको छ । हामीलाई पनि यो संस्कृतिले चोखो राखेन, हिजो संबिधानसभाका लागि ग¥यौं, संविधान आयो अनि आज फेरी आज सोही संविधानको भावनालाई विरोध गर्दै बन्द गर्दैछौं । संविधानले दिएको अधिकार प्रयोग गर्दै प्रदेशसभामा दुई तिहाई सांसदले निर्णय गरेको नाममा फेरी के त्यस्तो समस्या आयो र हामी आन्दोलनमा उत्रियौं ?
एउटा प्रश्न सोध्न मन लाग्यो–पहिचानकै मुद्धामा लडिरहने हो भने चुनावमा चुच्चा नाक जिताएर किन पठाएको ? चुनावका बेला आफ्नो पार्टी प्यारो हुनेले अहिले मुद्धामा आन्दोलन गर्नु लाजमर्दो र सरासर गलत हो भन्ने मैले ठानेको छु । थेप्चा नाक भएकालाई टिकट दिन कतिजनाले लविङ गर्नुभयो अनि बल्ल बल्ल टिकट पाएकालाई जिताउन कसको कति योगदान रह्यो ? छ कसैसँग यसको उत्तर ? तपाईंहरुकै प्रतिनिधी ९८ प्रतिशत सांसदले हस्ताक्षर गरि प्रदेशको नाम गण्डकी घोषणा गरे तर मलाई लाग्दैन प्रदेशको नाम गण्डकी हुँदैमा हाम्रो हक अधिकार खोसिन्छ, पहिँचान मेटिन्छ अनि सर्बस्व लुटिन्छ । हामीले हाम्रो पहिँचान जोगाइराखौँ, आफ्नोपन नभुलौँ, नाम जे सुकै होस् थर जे सुकै होस्, हौं त हामी नेपाली अनि जिल्ला जुनसुकै होस, प्रदेश जुनसुकै होस् देश त हाम्रो नेपाल हो । अखण्ड नेपालमा मेरो समर्थन छ ।
तपाई आवेगमा नआउनु होस,यहाँ तपाई जस्तै म पनि चाहान्छु’, गुरुङ, मगर, तम’ु लगायत आदिबासीहरुको ऐतिहासिक पृष्ठभूमी र बाहुल्यता भएको यस प्रदेशको नाम तमुवान–मगरात होस् । तर सबैकुरा चाहेअनुसार हुँदैन र चाहेको सबै पुरा हुनुपर्छ भन्ने पनि छैन । चाहाना के हुनुपर्छ भने अधिकार हरेकको सुनिश्चित होस् । सबैका जायज मागहरुको सुनुवाई होस् र हाम्रा सन्नतीहरुले हामीमाथि गर्व गरुन् र आदीवासी जनजाती हौं भनि पहिचान झल्काईरहुन् । म मेरो जातिय संस्थाको मागको बिरोधी कदापी होईन म त बन्दको बिरोधी हँु । म भन्छु हामी यति हलुको भएर सडकमा नपोखिऔँ, नछरिआंै ‼
मैले आजको बन्दबारे यति धेरै कँरा यहाँ भनिरहनुको कारण भोलि फेरि कसैले धौवलागिरिलाई काँध हालेर प्रदेश बन्द नगरोस, भोलि फेरि कसैले मनासलुलाई काँध हालेर प्रदेश बन्द नगरोस, भोलि फेरि कसैले मस्र्याङ्दीलाई बार हालेर प्रदेश बन्द नगरोस् । बन्द सदाका लागि बन्द होस् । पाएसम्म आफ्नै भागमा परोस् भन्ने सबैको चाहना हुन्छ । धेरै लोभि भएर भुईंको टिप्न खोज्दा पोल्टाको खसेको हामीले पत्तो पाएनौं, त्यसैले हाम्रो माग धेरै पूरानो र ढिलो भैसकेको छ । अव अधिकार प्राप्तीको लागि दवाव दिऔं ।
जसरी गण्डकीले बुढीगण्डकीदेखि कालीगण्डकीसम्मको भुभागलाई समान परिधिमा रहेर सेवा गरिरहेको छ, आशा गरौं गण्डकी प्रदेशले पनि सबै जनता समान बुुझोस् । सबैलाई समान ब्यवहार देखाओस् । र अन्तिममा देशमा आएको संघीयता र हामीले पाएको अधिकार प्रति एक पटक ति महान् शहीदहरुलाई हार्दिक आभार सहित श्रद्धासुमन ब्यक्त गर्दछु । ।। जय देश, जय नेपाल ।।
साभार–दरौंदी दैनिक गोरखा ।