गण्डकी सरकार भन्छ-पश्चिमाञ्चल अस्पताल हामीलाई देउ

पोखरा, साउन २३ ।
गण्डकी प्रदेश सरकारले पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई प्रदेश सरकार मातहतमा दिन माग गरेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत सञ्चालित पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई प्रदेश सरकारको मातहतमा सञ्चालन गर्न दिन नेपाल सरकारसँग माग गरेको हो ।

क्षेत्रिय अस्पताल केन्द्रिय सरकारको माताहतमा हुँदा विरामीले सही उपचार सेवा नपाएको भन्दै प्रदेश सरकारले त्यसलाई ब्यवस्थित गर्ने सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए । ‘हाम्रो अधिकारमा यो अस्पताल पर्दैन । जनताले गुनासो चाहीँ प्रदेश सरकारसँग गर्छन्, उनले भने–सरकारको ध्यान खासै पुगेन । हाम्रो अधिकारमा दियो भने हामी यसलाई ब्यवस्थित गर्छौं ।’

अघिल्लो साता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि अस्पताल अनुगमन गर्दै सुधारका लागि सुझाव दिएका थिए । अन्तिममा उनले प्रदेश सरकारको मातहतमा नरहेको भन्दै केन्द्र सरकारलाई सुझाव दिने बताए । अहिले मन्त्रीपरिषद् बैठकबाटै अस्पताल प्रदेशको अधिकार क्षेत्रभित्र सुम्पिन सुझाव पठाएको हो ।

 

मेसिन विग्रिएपछि विरामीले दुख पाएको र तत्कालका उपकरण ब्यवस्था गर्न समेत सरकारसँग माग गरिएको छ । प्रदेश सरकारले गण्डकी प्रदेशमा एक हजार शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । यसैलाई एक हजार शैयामा रुपान्तरण गरेर सञ्चालन गर्ने योजना बनाईएको छ ।