पर्वतमा सरकारी छाप कीर्ते गरेर ठग्ने एकजना पक्राउ

पोखरा, पुस ६ ।
पर्वतमा सरकारी छाप कीर्ते गरेर ठग्ने एकजना पक्राउ परेका छन् । पर्वत प्रहरीको टोलिले गोप्य सूचनाका आधारमा कीर्ते छाप बनाएर ठगी गरिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको हो ।

कम्प्युटर इन्स्टिच्युटहरुबाट कीर्ते छाप बनाएर लिखतसम्बन्धी कसुरजन्य अपराध गरेको सूचना पाएपछि खानतलासी गर्ने क्रममा कुश्मा ५ लोकतान्त्रीक चोकमा रहेको मनकामना कम्प्युटर एण्ड मल्टिसर्भिसबाट कीर्ते गर्न प्रयोग भएका छापहरु सहित कागजात र पसल सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३९ बर्षिय राजु पौडेल छन् । उनलाई लिखत सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।