पर्यटक भुलाउन गोरखा संग्राहलयमा ग्यालरी

गोखरा, असोज ८ ।
पर्यटकिय एवं ऐतिहासिक महत्व बोकेको गोरखा संग्राहलयमा गोरखाका चिनारीहरु थप गरिएको छ । पर्यटकलाई संग्राहलयमा डुलाउने र केही बेर भएपनि भुल्ने बनाउन गोरखा संग्राहलयमा नयाँ ग्यालरी स्थापना गरिएको हो । जनजातीका साथै गोरखा सम्वन्धी डकुमेन्ट्री देखाउने गरी नयाँ कक्ष समावेश गरिएको छ । अहिले खुल्ला गरीएको ग्यालरीमा बिशेषत जनजातीको भेषभूषा झल्कने जातजातीको डमी र गोरखालाई चिनाउने डकुमेन्ट्री रहेको गोरखा संग्रालयकी प्रमुख करुना राईले जानकारी दिईन् ।
पुरातात्व विभागका महानिर्देशक भेषनारायण दाहालको उपस्थितीमा संग्राहलयमा गोरखाको नयाँ चिनारीहरु थप गरिएको हो । पर्यटन बोर्ड र पुरातात्व विभागबाट २६ लाख रुपैँयाको लागतमा संग्राहलयमा तीनवटा ग्यालरी थप गरिएको हो । यो थप भएसँगै १३ वटा ग्यालरी पुगेको छ । पर्यटकहरुलाई गोरखा भूलाउन र गोरखाको बारेमा जानकारी दिन यसरी नयाँ बस्तुहरु थपेको राई बताउँछिन् ।
गोरखा संग्राहलय घुम्न आउनेहरुले आधा घण्टाको डकुमेन्ट्री समेत हेर्न पाउँछन् । गोरखा संग्राहलय घुम्न आउँदा विद्यार्थीले १० रुपैँया, सर्वसाधारणले २५, सार्क मुलुकका पर्यटकहरुलाई ५० र अन्य मुलुकका नागरिकहरुले १०० रुपैँया तिर्नुपर्ने हुन्छ ।
राजा विक्रम शाहको पालामा १८९६ सालमा निर्माण भएको गोरखा संग्राहलय २०६५ जेठ १९ बाट गोरखा संग्राहलय सर्वसाधारणको लागि खुल्ला भएकोे हो । संग्राहलय गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले शुभारम्भ गरे । ग्यालरीमा नेवार, तामाङ्ग, गुरुङ्ग, बराम, चेपाङ्ग, मगर, घले, क्षेत्री गरी आठ जातीको भेषभूषा झल्कने गरी डमी राखीएको छ ।