पत्रकार रबि लामिछाने पक्राउ, आजै राति चितवन लगिने

काठमाण्डौं, साउन ३० ।
टेलिभिजन प्रस्तोता रबी लामिछाने पक्राउ परेका छन् । माउन्टेन टेलिभिजनका पत्रकार तथा रबी लामिछानेका पूर्व सहकर्मी शालिग्राम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको अपराध महाशाखाले जनाएको छ ।
न्युज २४ को कार्यालयबाट रबी लामिछानेलाई पक्राउ गरिएको छ । उनलाई अपराध महाशाखा र चितवन प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । दुबै जनालाई आज (बिहीबार) राती नै चितवन लगेर अनुसन्धानको काम अघि बढ्ने प्रहरीले जनाएको छ ।
यसअघि बिहीबार नै शालिकरामले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा रुकु भनिने अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरी चितवन पु¥याइसकेको छ ।