पत्रकार महासंघ प्रदेशको चुनावी तालिका सार्वजनिक (तालिका सहित)

काठमाण्डौं, चैत २९ ।
नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ । निर्वाचन कार्यतालिकानुसार वैशाख ५ गते मतदाता नामावली र मतदाता नामावलीमाथि दावी विरोध, वैशाख ६ गते मतदाताको अन्तिम नामावली प्रकाशन, ७ गते उम्मेदवारी दर्ता र उम्मेदवारमाथि दावी विरोध गर्न पाइनेछ ।

वैशाख २२ गते हुने निर्वाचनका लागि वैशाख ७ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छ ।

वैशाख २२ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान समय राखिएको समिति सदस्य बस्नेतले बताए । सातै प्रदेशमा एकै दिन छुट्टाछुट्टै स्थानमा महासंघको प्रदेश समितिका लागि निर्वाचन हुँदैछ । प्रदेश समितिमा प्रदेश पार्षदले मतदान गर्नेछन् । महासंघको गत भदौमा केन्द्रीय महाधिवेशनबाट नेतृत्व चयन र जिल्ला शाखाको निर्वाचन सम्पन्न भइसकेको छ ।