पत्रकारलाई मन्त्री लालबाबु पण्डितले आलु ब्यापारी भनेपछि …………..

पोखरा, साउन १४ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाली पत्रकालाई आलु ब्यापारीको संज्ञा दिएका छन् । अनलाईन खवरले लिएको अन्तबार्तामा उनले पत्रकारले रक्सीको भरमा समाचार लेख्ने गरेको प्रतिक्रिया दिए ।

अघिल्लो कार्यकालमा डीभीरपीआरवाला कर्मचारीहरुमाथि डण्डा चलाएर वाहीवाही कमाएका मन्त्री लालबाबु पण्डित अहिले मिडियाको नजरमा खासै परेका छैनन् । मन्त्री पण्डित सुरुमा कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका थिए । अहिले उनी खासै कडारुपमा प्रस्तुत भइरहेका छैनन् । सामाजिक सञ्जालहरुमा पनि मन्त्री पण्डितले आफ्नो लोकप्रिय छवि बचाउन नसकेको फाट्टफुट्ट चर्चा हुन थालेको छ ।

तपाईले जनताको अपेक्षाअनुरुप प्रभावकारी ढंगले काम गर्न नसकेको गुनासो आउन थालेको छ नि ? भनेर सोधिएको प्रश्नमा जवाफ दिँदै उनले पत्रकारहरु नै जाँडको भरमा समाचार लेख्ने गरेको आरोप लगाए । ‘आफ्नो जिम्मेवारी अनुसारको काम गर्ने त होनि । मैले प्रशासनिक अन्तरिम काल असार मसान्तभित्र सक्छु भनेको थिएँ, अस्ति सकियो । संरचना जम्मै तयार भइसक्यो । दिनका दिन हेर्नुहुन्छ नि । कति सय मान्छे मैले पठाइराखेको छु सरुवा गरेर हँ ?, प्रश्न गर्दै उनले भने–त्यो त चर्चा हुँदैन । कल्ले जाँड खुवाइदिन्छ, लेख्देऊ लेख्देऊ भनेर । कसलाई कहाँ चित्त बुझेको हुँदैन, खटाएको ठाउँमा ।’

उनले कतिपय मिडियाहरु नेगेटिभ स्वाद लिन लागि परेको बताए । ‘अलिअलि खेती भएन भने पत्रिका पनि बिक्दैन, अलिअलि खेती भएन भने अनलाइन पनि चल्दैन, उनले थपे–अलिअलि नेगेटिभ–नेगेटिभ स्वाद लिऔं भनेर कतिपय मिडियाहरु हुन्छन् । मैले देख्छु कि कहिलेकाँहि ।’

आलु ब्यापारी छन्, जल्ले जाँड ख्वाइदिन्छ, लेख्छन् !