पत्रकारको प्रश्नसँग किन डराए मन्त्री अधिकारी ? (भिडियो हेर्नुस्)

पोखरा, असार २५ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वायु सेवा निगमले खरिद गरेको वाईडबडी काण्डमा पनि मुछिएका छन् । पत्रकारले सोधेको प्रश्नको गैरजिम्मेवार उत्तर दिँदै उनले खरिद प्रक्रियामै आशंका उत्पन्न गराएका छन् ।

वाईडबडिको कुरा के हो भनि पत्रकारले गरेको प्रश्नमा उनले मन्त्रीलाई सानासाना प्रश्न सोध्न नहुने भन्दै जवाफ दिएनन् । नेपाल वायुसेवा निगमले भर्खर भित्र्याएको वाईड बडी जहाजको बिषयमा कुराकानी गर्दै गर्दा एकाएक माईक हटाएर पन्छिए ।

एयरबसको २ वटा वाईडबडि झण्डै २४ अर्वमा खरिद गरिएको र त्यसमा सार्वजनिक खरिद प्रक्रिया मिचि निकै ठूलो रकमको अनियमितता भएको आशंका छ । तर अनियमितताको खवर नबनाउन आग्रह गरेको समाचार एभिन्युज खवरले प्रशारण गरेको छ । एभिन्युजका पत्रकार मदन खातीले सोधेको प्रश्नको जवाफ नदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ भने निकै धेरै टिका टिप्पणी पनि भैरहेको छ ।

File Photo