न्यूरोड आगलागीमा सांसद थापा भन्छन्–समयमा दमकल पुगेन

पोखरा, भदौ ५ ।
सांसद विन्दुकुमार थापाले समयमा दमकल नपुगेका कारण न्यूरोड आगलागीमा बढी क्षति भएको बताएका छन् । संसद बैठकको सून्य समयमा उनले सरकारी सेवालाई चुस्त बनाउन सुझाए । थापाले गरेको सम्बोधन जस्ताको त्यस्तै –ः

सभामुख महोदय,

२०७६ साल श्रावण २८ गते साँझ ४ बजेर ५ मिनेट जाँदा न्यूरोड स्थित एस मिनि मार्केटमा विषण आगालागी भएको छ । त्यहाँ ३२ सटर कबलमा १० जना व्यवसायीहरुले पेशा व्यवसाय गरिरहनुभएको उक्त ठाउँ पुर्ण रुपमा क्षती भएको छ । करिब ४ करोड बराबरको धनमालको नोक्सानी भएको छ । उक्त समयमा जनपथ, शसस्त्र, नेपाली सेना र स्थानिय जनताको ठुलो प्रयासका बावजुत दमकल समयमा पुग्न नसक्नु, गण्डकी प्रदेशको राजधानी पोखरा जस्तो ठाउँमा पर्याप्त अग्नि नियन्त्रणको व्यवस्था नहुनु, स्रोत साधनको अभाव, कमजोर वारुण यन्त्रको व्यपस्थापनले गर्दा ठुलो धनमालको क्षती र दश जना व्यवसायी जो बैंकको ऋण लिएर व्यवसाय गरिरहनुभएको थियो, उहाँहरु विस्थापित हुनुपर्ने र पलायन हुनुपर्ने वाध्यात्मक अवस्था आएको छ । त्यसको अलावा दुई जना व्यवसायी यदुनाथ अधिकारी र अर्जुन पोख्रेल जसले अर्काको जग्गा लिजमा लिएर सटर कवल बनाउनु भएको थियो । उहाँहरुको पनि थप १ करोड २० लाख बराबरको भैतिक संरचनामा क्षती भएको छ ।

सभामुख महोदय,

उक्त दुखको क्षणमा राहत, मलहम पट्टि र क्षतीपुर्ती १० जना व्यवसायीहरुलाई र दुईजना सटर धनी समेत गरि १२ जनाको लागी प्रदेश सरकारको तर्फबाट राहत तथा क्षतीपुर्तीको व्यवस्था गरि दुखको यस क्षणमा तपाईहरु सँगै प्रदेश सरकार पनि छ भनि अनुभुती दिलाओस् । यो मेरो सरकारलाई विनम्र अनुरोध छ र यस्ता अप्रिय घटना फेरी पनि दोहोरिन सक्दछन् त्यस अवस्थामा हालै देखिएको दमकलको चरम अभाव खट्किएको हामीले महशुस ग¥यौ । त्यसैले प्रदेश सरकारले सरोकारवाला निकाय तथा महानगरसँग समन्वय गरि थप सुविधा सम्पन्न दमकल, दक्ष जनशक्ती र चुस्त व्यवस्थापन गरि समयमै गन्तव्यमा पुगी उद्धार गर्न सक्ने संयन्त्रको यथोचित व्यवस्था गरोस् यो मेरो माननिय सभामुख मार्फत गण्डकी प्रदेश सरकार समक्ष जोडदार माग राख्दछु ।