न्यायका लागि गंगामाया राष्ट्र संघ पुगिन्

काठमाण्डौं, पुस २५ ।
छोराको हत्यामा संलग्नको खोजी गरी कारबाही गर्न माग गर्दै गोरखा फुजेलकी गंगामाया अधिकारी संयुक्त राष्ट्रसंघको कार्यालय पुगेकी छन् ।

बुधबार दिउँसो उनी ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयमा पुगी छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नमाथि कारबाही गर्न माग गरेकी हुन् ।

उनी लामो समयदेखि हत्यारा पक्राउ र कारबाहीको माग सहित अनसनमा थिईन् । उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा मृत्यु भएको थियो ।