नेविसंघ नेतृ पौडेलको दुर्घटना छानवीन गर्न माग गर्दै पोखरामा आन्दोलन

पोखरा, फागुन ९ ।
नेपाल विद्यार्थी संघ जनप्रिय माविकि नेतृ बन्दना पौडेलको दुर्घटनाबारे छानवीन गरी दोषामाथी कारबाहीको माग गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । विहानैदेखि जनप्रिय स्कुल सिमलचौरमा नाराबाजी सहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले हत्यारालाई फाँसी दे, विद्यार्थी मार्न पाईँदैन, विद्यार्थी एकता जिन्दाबाद जस्ता नारा लगाईरहेका छन् ।
आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । पौडेलको सोमबार साँझ चाउथेमा ट्रकको ठक्करबाट ज्यान गएको थियो ।