नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित

काठमाण्डौं, असोज २२ ।
चर्को विवादबीच कांग्रेसले भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ । पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा असहमति जनाउँदै फरक मत लेखेका छन् ।

उनीहरूले उमेर हद नलगाउने निर्णय लिएको पक्षलाई उपेक्षा गरिएको र विधान एकपटक अध्ययनसम्म गर्न नदिई जबर्जस्ती अनुमोदन गराइएको आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।