नेपाल समूहका राईले पार्टी दर्ता गरे, नेकपा (एकीकृत) नाम

पाेखरा, जेठ ९ ।
नेकपा एमालेकाे नेपाल समूहका नेताले छुट्टै दल दर्ता गरेका छन् । नेपाल समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेकपा (एकीकृत) दर्ता भएकाे हाे ।
जेठ ७ गते दर्ता भएको यो दलको चुनाव चिन्ह कलम माग गरिएको छ । पार्टीको महासचिवमा रौतहटका विनोद खुलाल छन् ।
राईले ३२ दिन पहिले ९ वैशाखमै ७० केन्द्रीय सदस्यसहितको विवरण पेश गरेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।
याे दल नेपाल समूहले नै दर्ता गराएकाे बाहिरी चर्चा छ । राईले कुनै नेता नजाेडिएकाे भन्दै आफ्नै सुरमा पार्टी दर्ता गरेकाे बताएका छन् ।