नेपाल जिम्बाबेसँग पराजीत

पोखरा, असार ३ ।
आइसिसि विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुल ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनायो । २९१ रनको लक्ष्य पछ्याएको जिम्बाबेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै विजयी भएको हो । नेपालले ब्याटिङ राम्रो गरेपनि बलिङ चल्न सकेन ।

जिम्बाब्वेका लागि कप्तान इर्भानीले १२१ रनको शतकीय पारी खेल्दै अविजित रहे । यस्तै सियन विल्लीम्सले १०२ रनको शतकीय पारी खेल्दै अविजित रहे । ओपनर गुम्बेइ २५ रनमा आउट भए । वासिल्ले ३२ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र गुल्सन झाले समान एक÷एक विकेट लिए ।

नेपालका लागि कुशल र आसिफ शेखले १ सय ७१ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरे । यो नेपालको ओडिआईमा उच्च साझेदारी हो । कुशल मल्लले ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भए । आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए ।

कुशल मल्ल ४१ रनमा क्याच आउट हुन पुगे भने कप्तान रोहित पौडेल ३१ रनमा क्याचआउट भए । आरिफ शेख १० रनमा, गुल्सन झा १३ रनमा, दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । करण केसी २ रन र सोमपाल कामी शुन्यमै अविजित रहे ।