नेपाल एयरलाइन्स डुबाउन वर्तमान नेतृत्वनै सक्रिय, ७ वटा विमान किन उडाइँदैन ?

काठमाण्डौं, जेठ ३० ।
राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको आन्तरिक उडान धरासयी बनाउन वर्तमान नेतृत्वनै लागेको खुलेको छ । आन्तरिकतर्फ निगमसँग भएका नौ जहाजमध्ये अहिले सातवटा जहाज ग्राउण्डेड छन् ।

दुईवटा एमए ६०, चारवटा वाई–१२ र तीनवटा ट्वीनअटर जहाजले आन्तरिक उडान गर्नुपर्नेमा हाल दुईवटा मात्रै उडिरहेका छन् ।

आन्तरिक उडानमा सातवटा जहाज ग्राउण्डेट हुँदा निगमलाई दैनिक २१ लाख र मासिक ६ करोड ३० लाख घाटा भइरहेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।