नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आजदेखि, कति कित्ता भर्ने ?

काठमाडौं, माघ २ ।
नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ माघ माघ २ (आज) देखि निश्कासन भएको छ । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडका ८ करोड कित्ता आईपीओ शुक्रबारदेखि निष्कासन हुने सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

आईपीओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ । कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।

प्रतिकित्ता १०० का दरले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

सबैभन्दा ठुलो आकारको आईपीओ भएकाले पनि यसमा सबै आवेदकले सेयर पाउने अधिक सम्भावना छ । प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना रहेको शेयर बजारका जानकारहरु बताउँछन् । न्यूनतम ७० देखि १०० कित्तासम्मका लागि आवेदन दिंदा राम्रो हुने उनीहरुको भनाई छ ।