नेपाली छात्राले जितिन् अमेरिकामा प्रथम पुरस्कार

एजेन्सी, साउन १४ ।
नेपाली छात्राले अमेरिकामा हालै सम्पन्न अन्तराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स विधामा पहिलो भएकी छिन् । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरमा तेश्रो वर्षमा अध्ययनरत एदा रिजालले यो सफलता पाएकी हुन् ।

उनीसहित अन्य दुई साथीको टिमले इमाजिन कप २०१८ अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम भएबापत १५ हजार अमेरिकी डलर समेत पाएका छन् ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठका अनुसार एदालेले प्रतियोगितामा नेपालको मात्र नभई दक्षिण पूर्व एसिया क्षेत्रको नै प्रतिनिधित्व गरेको जानकारी दिए ।

एदा र उनका साथीहरुको टिमले मलेसियामा भएको क्षेत्रीय प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि विश्वस्तरको उक्त प्रतियोगितामा भाग लिने मौका पाएका थिए । अमेरिकामा आयोजित प्रतियोगितामा विभिन्न देशका ४९ टिमले भाग लिएका थिए ।