नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ‘ख’ को प्रदेश समिति गठन, सभापतिमा कोइराला

 

पोखरा, फागुन ३० ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ ‘ख’ को प्रदेश समिति गठन टुंगिएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार स्थानीय तह संगठन पुनसंरचनाको व्यवस्था र निर्देशिका २०७६ अनुसार संघीय संरचनामा व्यवस्था भएको संरचना अनुरुप रुपान्तरण गर्ने निर्णय भए बमोजिम स्थानीय संगठनको समायोजन अन्तर्गत कार्यसमिति एवं पदाधिकारी चयन टुंगिएको हो ।

यससंगै कास्की नं १ ‘ख’ को प्रदेश समितिको सभापतिमा कृष्ण प्रसाद कोइराला चयन भएका छन् । त्यस्तै उपसभापति मायादेवी तझ्या, सचिव सरोज केसी, कोषाध्यक्ष श्रीकृष्ण लामिछाने, सह—सचिव टेक बहादुर कार्की, सदस्यहरु जानकीदत्त अधिकारी, क्याप्टेन फत्ते बहादुर गुरुङ, विष्ण प्रसाद शर्मा, लोक बहादुर गुरुङ, राम प्रसाद तिमिल्सिना, तारा बराल, रामलाल सुनार, देवेन्द्र मोहन भट्टराई, दुर्गाराज विक, विष्णु प्रसाद सुवेदी, सुर्य मोहन सापकोटा, प्रकाश गुरुङ गरि १७ सदस्यीय समिति चयन भएको छ ।

सचिवमा निर्वाचित केसी लामो समय विद्यार्थी आन्दोलन जेलनेल र युवाहरुबिच लोकप्रिय नेता हुन् । उनी हाल जनप्रतिनिधि एवं माँदी गाउँपालिका सार्वजनिक लेखासमितिका सभापति समेत हुन् ।

सभापतिउपसभापतिसहित विधानत स्वतः चयन भए पनि सचिवलगायतको समिति सर्वसम्मत चयन गरिएको हो ।

आज समितिको पहिलो बैठक बस्दै नेपाली कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यता वितरण गर्नेभएको छ ।

कांग्रेस केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्यस्यता वितरण गर्ने निर्णय गरेको हो । बैठकले प्रत्येक वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले क्रियाशिल सदस्य वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै पूर्व इकाई सभापति घनश्याम बरालले पोखरा १० का पूर्व इकाई सभापति डिल्लिराम भट्टराईको निधनमा शोक प्रस्ताव पारित गर्दै विश्वभर कोरोनाभाइरसको उच्च जोखिम घोषणा गरिरहेको बेला सरकार समृद्धि एवंम जनतालाई राहत दिनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार मौलाएकोमा घोर भत्र्सना व्यक्त गरे । साथै उनले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आफैं स्वास्थ्य उपचार गर्ने भन्ने गैहृजिम्मेवार अभिव्यक्तिको निन्दा समेत गरे ।