नेपालमा हुने १३ औं सागको तयारी अनुगमन गर्न संसदीय उपसमिति गठन

 

काठमाडौं, साउन १९ ।

नेपालमा हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुदको तयारी अनुगमन गर्न संसदको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति गठन गरेको छ ।

जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा गजेन्द्र बहादुर महत, नबिना लामा, नमिता कुमारी चौधरी र नारायण मरासिनी सदस्य छन् ।

१३ औ साग डिसेम्बर १ देखि १२ सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । खेलकुदको तयारीको सम्बन्धमा अनुगमन निरीक्षण गर्न उपसमिति गठन गरिएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

समितिलाई सागको तयारीबारे प्रतिवेदन बनाएर बुझाउन भनिए पनि समयावधि तोकिएको छैन । (अनलाइनखबरबाट साभार)