नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित पुष्टी, १ हजार भन्दा बढी संक्रमित

काठमाण्डौं, भदौ २ ।
नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । १ हजार ६ सय जनामा कोरोना संक्रमण देखिएको हो । हालसम्म नेपालमा २८ हजार २ सय ५७ संक्रमित पुगेका छन् ।

अहिलेसम्म १७ हजार ५ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । अझै १० हजार ५ सय ६३ जना आइसोलेसन मै छन् । देशभर १ सय १४ जनाको मृत्यु भएको छ ।