नेपालमा शीले कसलाई दिए हड्डी भाँचिदिने धम्की ?
काठमाण्डौं, असोज २९ ।
चीनका राष्ट्रपति शी चिनफिङले चीनलाई विभाजन गर्ने कुनै पनि प्रयासलाई ध्वस्त पारिने चेतावनी आइतवार दिएका छन् । हङकङमा महिनौंदेखि चलिरहेको विरोध प्रदर्शन र चीनको शिनजियाङमा उइगुर मुसलमानमाथिको व्यवहारलाई अमेरिकाले आलोचना गरेपछि बेइजिङले राजनीतिक चुनौती खेपिरहेको छ ।
‘चीनको कुनै पनि भागमा देश टुक्य्राउन खोज्ने प्रयास गरिएमा हाड मासु दुवै टुक्राटुक्रा पारिनेछ,’ शीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतवारको भेटघाटमा बताएको चीनको सरकारी टेलिभिजन सिजिटिएनले प्रसारण गरेको छ ।
‘अनि चीनलाई विभाजित गर्ने प्रयासलाई समर्थन गर्ने बाह्य शक्तिले फगत सपना मात्र देखेको भनी चिनियाँहरूले भन्नेछन्,’ उनलाई उद्धृत गर्दै प्रसारित भएको छ । ओलीले नेपालको भूमिमा चीनविरोधी गतिविधि हुन नदिने बताएको सिजिटिएन उल्लेख गर्छ ।
ताइवान चीनको अविभाज्य अंग भएको र तिब्बत पनि चीनको आन्तरिक विषय भएको ओलीले बताए ।