नेपालमा पनि भेटियो कोरोनाको संक्रमण, काठमाण्डौंमा उपचार हुँदै

पोखरा, चैत १० ।
नेपालमा पनि एक महिलामा कोरोनाको संक्रमण भेटिएको छ । फ्रान्सबाट नेपाल आएकी १९ बर्षिया एक युवतीको स्वाव परीक्षण गर्दा संक्रमण भेटिएको हो ।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना संक्रमण भेटिएको पुष्टी गरेको हो । उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार थालिएको छ । ती युवती गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् ।
यसअघि उनी आफ्नै कोठामा सुरक्षित बसिरहेकी थिईन् । युवतीलाई संक्रमण देखिएपछि उनीसँग सम्पर्क भएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।