नेपालभरी नै हवाई भाडा घट्यो (भाडा सहित)

काठमाण्डौं, पुस २७ ।
निजी हवाई सेवा प्रदायक कम्पनीहरूले हवाई भाडा समायोजन गरेका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा घटाएका हुन् ।

माउन्टेन फ्लाइटमा ३ सय ४५, पोखराका लागि १ सय ५५, भरतपुरका लागि १ सय १०, विराटनगरका लागि २ सय ४०, जनकपुरका लागि १ सय ३०, सिमराका लागि ९०, भैरहवाका लागि २ सय ५, धनगढीका लागि ४ सय ४०, नेपालगञ्जका लागि ३ सय २५, भद्रपुरका लागि ३ सय र तुम्लिङटारका लागि १ सय ८५ रुपैयाँ भाडा घटाएका हुन् । घटाएको भाडा पुस २९ गतेदेखि लागू हुनेछ ।