नेपालको विकासमा ५६ अर्ब सहयोग गर्छाै : चिनियाँ राष्ट्रपति सी

 

काठमाडौं, असोज २६ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा उल्लेख्य सहयोग गर्ने घोषणा गरेका छन् ।

नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उनले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको प्रशंसा पनि गरे ।

आफु र चीनलाई विमानस्थलमा गरिएको स्वागतको प्रशंसा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको उनले बताए ।

‘आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उनले भने।

नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चीन तयार रहेको बताए ।

उनले सन् २०२० देखी २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने घोषणा पनि गरे ।

नेपालले एक चीन नीतिप्रति देखाएको अडान प्रशंसायोग्य रहेको राष्ट्रपति सीले बताए । (ईमेजखबरबाट साभार)