नेकपा सचिवालय बैठक फेरि स्थगित

 

काठमाडौं, साउन १२ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक फेरि पनि स्थगित भएको छ ।

स्कुल विभागको नेतृत्वको विषयलाई लिएर विवाद हुँदा पटकपटक स्थगित हुँदै आएको नेकपाको सचिवालय बैठक आज पनि स्थगित भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्कुल विभागको नेतृत्वका विषयलाई छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

उनीहरुबीच आज बिहान पनि छलफल भएको थियो । पार्टी स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् ।

दुवै नेताले आफ्नो अडान नछाड्ने पार्टी एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । तर पछिल्लो समयमा नेताहरु घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबी गरेका छन् ।

बैठक भोलि दिउँसो ३ बजे बस्ने बताइएको छ ।(ईमेजखबरबाट साभार)