नेकपा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित
काठमाडौँ, पुष ६ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुस २३ गते बस्ने निर्णयसमेत गरेको छ ।
मंसिर २९ गतेदेखि बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय र महासचिव पौडेलको प्रतिवेदनहरुमाथि सदस्यहरूले धारणा राखेका थिए । (ईमेजखबरबाट साभार)