नेकपाले तोक्यो कास्कीका स्थानीय तहमा जिम्मेवारी (नामावली सहित)

पोखरा, असोज २२ ।
चुनावी गठबन्धन हुँदै पार्टी एकीकरण गरेका तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण सकिएको लामो समय भैसक्दा समेत तल्ला तहमा कमिटी तयार भएका छैनन् । जिल्ला र प्रदेशको सिफारिस समितिले एउटा खाका भने पठाईसकेको छ । त्यसको निर्णय नहुँदासम्म संयन्त्रले नै काम चलाउनेछ ।

नेकपाको कास्की जिल्लामा एमाले र माओवादीबाट बराबर सदस्य पर्ने गरि संयन्त्र तयार गरिएको छ । जिल्ला संयन्त्रमा तत्कालीन एमालेबाट मानबहादुर जिसी, कृष्ण थापा, दामोदार बैरागी, प्रभा कोइरला र मनबहादुर गुरुङ तथा माओवादीबाट राजकाजी गुरुङ, दीपक कोइराला, रामजी बराल, बखानसिहं गुरुङ र गायत्री गुरुङ सदस्य छन् ।

पोखरा महानगरको संयन्त्रमा तत्कालिन एमालेबाट कृष्ण थापा, प्रभा कोईराला, तेजनारायण अधिकारी, शंकरनाथ पौडेल, दिलिप न्यौपाने तथा साविकको माओवादीबाट विश्वप्रकाश लामिछाने, भीमबहादुर विक, गोमा ढकाल, विनय थापा र जनकराज पराजुली छन् ।

रुपा गाउँपालिकामा सबावक्स मियाँ, शिब खनाल, नवराज ओझा, निर्मला सुबेदी, पुष्पराज सुबेदी र अमरदिप पराजुली छन् भने मादी गाउँपालिकामा पदमप्रसाद पौडेल, मित्रबहादुर गुरुङ, बुद्धिसागर सापकोटा, लालबहादुर गुरुङ, बालकृष्ण गुरुङ र कृष्णराज दाहाल संयन्त्रमा छन् ।

अन्नपूर्ण गाउँपालिका संयन्त्रमा लक्ष्मीप्रसाद अधिकारी, धर्मबहादुर गुरुङ, गौरीप्रसाद सुबेदी, गोविन्द अधिकारी, बिष्णुबहादुर केसी र भेषराज पौडेल छन् भने माछापुच्छ«े गाउँपालिकामा जगन्नाथ बास्तोला, प्रबिना अधिकारी, बिष्णुबहादुर केसी, टेकनाथ गौतम, कर्णबहादुर गुरुङ र बैकुण्ठ भण्डारी संयन्त्रभित्र छन् ।