नेकपाको गण्डकी प्रदेश कमिटीमा को को ? नामसहित हेर्नुस्

पोखरा, मंसिर १३ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो ।

प्रदेशको इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष र सचिवको नाम भने यसअघि नै टुंगो लागिसकेको छ । प्रदेशको इञ्चार्जमा मुख्यमन्त्री समेत रहेका पृथ्वीसुब्बा गुरुङ, सह इञ्चार्जमा खगराज अधिकारी, अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली चयन भैसकेका छन् । यही समितिले गरेको सिफारिसका आधारमा नामावली टुंगिएको हो । नेकपाले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको भएपनि पूर्ण विवरण भने सार्वजनिक गरेको छैन । यद्यपी गण्डकी प्रदेशको नामावली भने हामीले पत्ता लगाएका छौं । गण्डकी प्रदेश कमिटीमा क–कसको नाम अटायो त ? हेर्नुस् नामावली-