निर्माण व्यवसायी संघमा काँग्रेस निकट सुरेश श्रेष्ठ निर्वाचित, मिश्रित नतिजा

पोखरा, २४ भदौ ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीको १४ औँ अधिवेशनवाट अध्यक्ष पदमा सुरेश श्रेष्ठ निर्वा्चित भएका छन् । लोकतान्त्रिक प्यानलका श्रेष्ठले प्रतिष्पर्धी वाम प्यानलका आनन्द वराललाई पराजित गरे । श्रेष्ठले २१० मत प्राप्त गर्दा वरालले १२३ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा वाम प्यानलका रामराज अधिकारी विजय वने । उनले २०६ मत पाउदा लोकतान्त्रिकका वलवहादुर रानाले १२२ मत ल्याए । उपाध्यक्षमा पनि वामका हरी लम्साल १७० मत प्राप्त गरि विजयी वने उनका प्रतिष्पर्धी दीपेन्द्र मर्सानीले १५९ मत पाए ।

सचिवमा वामका सुवर्ण श्रेष्ठले १७५ मत ल्याएर विजयी हुँदा लोकतान्त्रिकका टीका भुजेलले १४५ मत पाए । कोषाध्यक्षमा १८३ मत ल्याई लोकतान्त्रिकका लिलकाजी गुरुङ विजयी वने उनका प्रतिष्पर्धी रवि खनालले १४० मत ल्याए ।

सहसचिवमा लोकतान्त्रिकका ई.शिरष कुमार वास्तोला १६१ मत ल्याएर बिजयी वने उनका प्रत्याषी वामका विनोद भण्डारीको १५२ मत छ । सहकोषाध्क्षमा पनि लोकतान्त्रीक समुहका हिरामणी भण्डारीले १७० मत पाउदा वामका कृष्णप्रसाद ढकालले १४६ मत पाए ।

सदस्यहरुमा धुर्ववावु भट्टराई(आईडी)ले सर्वा्धिक १९६ मत ल्याई विजयी वने । त्यस्तै उत्तम सिग्देल १८९, लक्ष्मण पाण्डे १६३, हिक्मतजँग कार्की र ज्ञानेन्द घिमिरेको समान १५८ र संजय कुँवरले १५१ मत पाएर विजयी वने । सदस्यमा विजयी भट्टराई, कार्की र घिमिरे लोकतान्त्रिक प्यानलका हुन् भने सिग्देल, पाण्डे र कुँवर वाम प्यानलका हुन् ।