निर्मला प्रकरणमा प्रहरी फेरि असफलः डीएनए नमिलेपछि छुटे विशाल, प्रहरीमाथि यस्तो आरोप

काठमाण्डौं, पुस ८ ।
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी फेरि पनि असफल बनेको छ । पछिल्लो पटक दुई किशोर प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान चलाएको प्रहरीले डीएनए नमिलेपछि विशाललाई छाडिदिएको छ ।

यद्यपि प्रहरीले डीएनए रिपोर्ट भने सार्वजनिक गरेको छैन । प्रहरी नेतृत्वले उनीहरुको रिपोर्टबारे सूचना पाएपछि विशाललाई छाडेको उच्च स्रोतले बतायो । यसैबीच छुटेका विशालले कञ्चनपुर प्रहरीले यातना दिएपछि डरले अपराध स्वीकार गरेको बताएका छन् । परिवारको सम्पर्कमा पुगेपछि उनले प्रहरीले आफूमाथि यातना र धम्की दिएको बताए ।

कहिले भने प्रलोभनसमेत दिएर अपराध स्वीकार गर्न लगाएको उनको भनाई छ । नयाँ पत्रिकामा विस्तृतमा खबर छापिएको छ । प्रदीप भने महानगरीय प्रहरी बृत्त महाराजगन्जको हिरासतमा रहेको समाचारमा उल्लेख छ ।